प्रधानमन्त्री ओली संसद् बैठक बोलाउने तयारीमा 

प्रधानमन्त्री ओली संसद् बैठक बोलाउने तयारीमा 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा लाग्नु पर्ने भन्दै नेकपा स्थायी कमिटीको बैठक स्थगित गरेका छन्।

१३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने तयारीका लागि प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको बैठक केही दिनका लागि स्थगित गरेका नेकपा नेता सुभाष नेम्वाङले जानकारी दिए। 

पार्टीको बैठक स्थगित गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद् बैठक आव्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेका छन्।

तर, अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने सूचना नआएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने फैसला गरेर १३ दिन भित्र संसद् बैठक बोलाउन आदेश दिइसकेको छ। 

१३ फागुन, २०७७, ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।