नेदरल्याण्डले धर्म सन्तानमा प्रतिबन्ध लगायो

नेदरल्याण्डले धर्म सन्तानमा प्रतिबन्ध लगायो

एजेन्सी : बालबालिकामाथि दुर्व्यवहार हुने गरेको खुलेपछि नेदरल्याण्डले धर्मपुत्र–धर्मपुत्री बनाउन प्रतिबन्ध लगाएको छ। धर्मपुत्र–धर्मपुत्रीको नाममा बालबालिकामाथि दुर्व्यवहार हुने गरेको गुनासोको अनुसन्धानको क्रममा दाबी पुष्टि भएपछि प्रतिबन्ध लगाउने निर्णय गरेको बिबिसीले उल्लेख गरेको छ।

नेदरल्याण्डमा बङ्गलादेश, ब्राजिल, इन्डोनेसिया, श्रीलङ्का र कोलम्बियाबाट धर्म सन्तान ल्याइने गरिन्थ्यो। लामो समयदेखि धर्म सन्तानको नाममा दुर्व्यवहार हुने गरेको जानकार हुँदाहुँदै सरकारी अधिकारीले कुनै कदम नचालेकोमा क्षमा माग्दै उसले धर्म सन्तान ल्याउन नपाउने निर्णय गर्यो।

अनुसन्धानमा सरकारी अधिकारीहरू बालबालिकामाथि गलत काम भइरहेकोबारे जानकार भए पनि उनीहरूले यस प्रक्रियामा घुस खाएको प्रमाण भने फेला नपरेको बताएका छन्। नेदरल्याण्डमा इन्डोनेसियाबाट मात्रै तीन हजार बढी धर्म सन्तान बनाएर लगिएको देखिन्छ।

यसरी नै धर्म सन्तान बनाएर नेदरल्याण्ड पूर्याइएका एक व्यक्तिले आफूलाई जन्मदिने अभिभावकको खोजीको क्रममा धर्म सन्तानको नाममा बालबालिकाको तस्करी हुने गरेको फेला पारेपछि यस विरुद्ध आवाज उठाएका थिए।

 

२६ माघ, २०७७, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।