मोरङमा भेटियो निलगाईको बाछो

मोरङमा भेटियो निलगाईको बाछो

विराटनगर : मोरङको रंगेली नगरपालिका–३ दौलतपुरमा निलगाईको बाछो भेटिएको छ ।बिहीबार बिहान करिब एक वर्षको बाछो भेटिएको हो।

रंगेलीको आमतोलामा स्थानिय शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको अवस्थामा बाछो स्थानीय बासिन्दाले भेटेका थिए। हरिणभन्दै स्थानीयले मार्नलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तत्काल पुगेको प्रहरीले मार्न नदिई जीवितै नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको छ।

तर, वन प्राविधिकहरूले फेला परेको जन्तु हरिण नभई निल गाईको बाछो भएको उनिहरूले बताएका छन्। सव डिभिजन वन कार्यालय उर्लावारी मंगलबारेका प्रमुख सहायक वन अधिकृत तराणी चौधरीले प्रहरीले नचिनेर निलगाईको बाछोलाई हरिण भनेको हुनसक्ने बताए।


 प्रहरीले हरिण भन्दै बुझाएक चिसाङ खोलाको किनार हुँदै माउसँग चर्दै बाछो भारततिरबाट मोरङ छिरेको हुनसक्ने उनले बताए।चौधरीका अनुसार मोरङसहित पूर्वी नेपालमा नपाइने निलगाई भारततिरबाट चर्दै आउने क्रममामात्रै देखिने गरेको छ।


कोशी बन्य जन्तु आरक्षका वार्डेन चन्द्र शेखर चौधरी भने फेला परेको जन्तुबारे आफू जानकार नभएको जानकारी दिदैं नीलगाई तथा हरिण दुबै आरक्षमा ठूलो संख्यामा रहेको बताउँछन्।

 

 

 

 

११ मंसिर, २०७७, १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।