रासायनिक मलको मूल्य बढ्यो

रासायनिक मलको मूल्य बढ्यो

कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरका प्रदेश प्रबन्धक नवरत्न गौतमले बताए। गौतमका अनुसार रसायनिक मलको मुल्य प्रतिबोरा ५० रुपैयाँका दरले बढेको छ।


यसअघि डिएपीको मूल्य प्रतिवोरा२ हजार १ सय ५० रहेकोमा हाल २ हजार २ सय रुपैयाँ पुगेको छ।यस्तै युरीया ७ सयबाट बढेर ७ सय ५० र पोटास १ हजार ५सय ५०बाट बढेर १ हजार ६ सय ५० रुपैयाँ पुगेको छ।


कृषि सामाग्री कम्पनी लिमिटेडको डिपोमा प्रतिबोरा ५० रुपैयाँले मूल्य बढेपनि किसानले भने अझै बढी मूल्य तिर्नुपर्ने छ।मलको मूल्य स्थानिय तह अनुसार फरक पर्ने गौतमले बताए।


उनका अनुसार सहकारी रहेको स्थानको दुरीका हिसावले स्थानियतहहरूले ठाउँ अनुसार फरक–फरक मूल्य तोक्ने भएकाले किसानले सोहि अनुसार रकम तिर्नुपर्ने हुन्छ।केन्द्रिय कार्यालयले पठाएको पछिल्लो मूल्य सुचिमा मलको मूल्य बढेर आएको कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ।

 

११ मंसिर, २०७७, ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।