प्रशासनको आदेशविपरीत ९ हजार बोकाको बलि 

प्रशासनको आदेशविपरीत ९ हजार बोकाको बलि 

जनकपुरधाम : जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा कोरोना संक्रमणबीच झण्डै ९ हजार बोकाको बलि दिइएको छ। 

महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादका अनुसार हिजो ८ हजार ९ सय ६८ बोकाको बलि दिइएको छ। शनिबार राति ७ः१५ मा सुरु भएको बलि राति ११ः२५ सम्म चलेको थियो। 

दसैंमा महाअष्टमीको राति बलि दिइने प्रचलन छ। कोरोना संक्रमण बढेको भन्दै यस वर्ष जिल्ला प्रशासन कार्यालय, धनुषाले बलि दिन नपाउने आदेश दिएको थियो। 

बलि दिइने ठाउँमा संक्षिप्त पूजा एवं क्षमापूजा गरिने प्रशासनले महन्थ र पुजारीसँग आग्रह गरेका थिए। तर, स्थानीयको विरोधका कारण बलिले निरन्तरता पाएको छ। 

कमिटीका अध्यक्ष सन्तोष साहले अघिल्ला वर्षको तुलनामा कम बोकाको बलि दिइएको बताए। गत वर्ष १४ हजार ३ यस ६६ बोकाको बलि दिइएको थियो। 

मन्दिरका महन्थ राम गिरिले मनोकामना पूरा भएपछि मन्दिरमा बलि दिइने प्रचलन रहेको बताए। 

बलि दिन सय युवा सहभागी रहेको बताइएको छ।

 

९ कात्तिक, २०७७, १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।