आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दै

आज अपरान्ह मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४  बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने बताइएको छ।

सरकारका दैनिक कामकारबाही र नीतिगत निर्णयहरूका सम्बन्धमा यस बैठकले महत्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ।

जेठ ५, २०८३ मंगलबार ११:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।