जेनजी आन्दोलनमा भागेर समातिएकी सपना पर्खाल नाघेर सुन्धारा कारागारबाट भागिन्

जेनजी आन्दोलनमा भागेर समातिएकी सपना पर्खाल नाघेर सुन्धारा कारागारबाट भागिन्

काठमाडौं : जेनजी आन्दोलनको बेला भदौ २४ मा जेलबाट भागेर पक्राउ परेकी सपना तामाङ सुन्धारा कारागारको पर्खाल नाघेर पुन भागेकी  छन्। हत्यामा जन्मकैद सजाय तोकिएपछि कारागारमा रहेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया उनी शुक्रवार राती जेलको पर्खाल नाघेर भागेकी हुन्।

उनी कारागारमा नभेटेपछि कारागार सुरक्षामा राखिएको क्लोज सर्किट टेलिभिजन हेर्दा शुक्रबार राति १ बजेतिर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जानकारी दिएको छ। 

सिसिटिभी फुटेजमा उनी पर्खालभित्र केहीमा चढेर सहजै पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले बतायो।

जेठ ३, २०८३ आइतबार १९:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।