प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन जारी
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि आफ्नो विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ।
बैठक सुरु हुनासाथ हर्क साम्पाङसहित सो पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका हुन्।
सांसदहरूले प्लेकार्डसहित उभिएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा सदनको ध्यानाकर्षण भएको जानकारी गराएका थिए।
सभामुखको आग्रहपछि सांसदहरू आफ्नो स्थानमा बसेका थिए र बैठकको नियमित कार्यसूची अगाडि बढेको थियो।
श्रम संस्कृति पार्टीले हिजोको बैठकमा पनि प्लेकार्डसहित विरोध गरेको थियो।
पार्टीले विशेषगरी प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने माग राख्दै निरन्तर विरोध प्रदर्शन गरिरहेको छ।
जेठ ५, २०८३ मंगलबार १२:५९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।