धादिङमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा  ३७ जना घाइते

धादिङमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा  ३७ जना घाइते

काठमाडौं : धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा ३७ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यस पछि सोहि बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको हो।

तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

वैशाख २९, २०८३ मंगलबार १०:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।