कजारिया टाइल्सको नयाँ शोरुम दाङको हापुरेमा

कजारिया टाइल्सको नयाँ शोरुम दाङको हापुरेमा

दाङ : कजारिया रमेश टाइल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमको आइतबार औपचारिक उद्घाटन गरिएको हो।

स्थानीय ग्राहक, आर्किटेक्ट र डिजाइनरहरूलाई उच्च गुणस्तरीय इन्टेरियर समाधान प्रदान गर्ने उद्देश्यले सञ्चालित यस शोरुममा कजारियाका अत्याधुनिक फ्लोर र वाल टाइल्सका तीन हजारभन्दा बढी डिजाइन उपलब्ध छन्।

कम्पनीका प्रतिनिधिले ग्राहकलाई आफ्नो सपनाको घर सजाउन उत्कृष्ट सामग्री उपलब्ध गराउनु नै मुख्य लक्ष्य रहेको बताएका छन्।

विश्वकै ८ औँ ठूलो टाइल उत्पादक कजारियाले हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ समेत प्राप्त गरेको छ। नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिइरहेको कम्पनीका उत्पादनहरू टिकाउ, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका रहेका छन्।

नयाँ शोरुम सञ्चालनमा आएसँगै हापुरे र आसपासका बासिन्दालाई प्रिमियम टाइल्सको खरिदमा सहजता हुनेछ।

वैशाख २९, २०८३ मंगलबार ०९:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।