कांग्रेसले पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ मा केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ।
सिंहको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए।
पुष १, २०८१ सोमबार १५:४१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।