मंगलबार २९ बैशाख, २०८३
बीपी राजमार्गमा आज साँझबाट गाडीहरू चल्ने
काठमाडौं : सुक्खा पहिरोका कारण पुनः अवरूद्ध भएको बीपी राजमार्गमा आज साँझदेखि रूट अनुमति लिएका गाडीहरू चल्ने भएको छ।
असोज ११ देखिको वर्षाले राजमार्ग अवरूद्ध थियो। राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरू चल्न दिइएको हो।
चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रूट अनुमति लिएका गाडीहरू चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ।
सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुक्खा पहिरो झर्ने सम्भावना कायमै रहेको रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ।

असोज २८, २०८१ सोमबार १४:३३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।