अशोक राईप्रति उपेन्द्र यादवको टिप्पणी- कार्यवाहक अध्यक्ष, सांसद्, मन्त्री बनाएकै हो, त्यहाँभन्दा के बनाइदिने अरू मैले?

अशोक राईप्रति उपेन्द्र यादवको टिप्पणी- कार्यवाहक अध्यक्ष, सांसद्, मन्त्री बनाएकै हो, त्यहाँभन्दा के बनाइदिने अरू मैले?

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौका छोपी गैरकानूनी र असंवैधानिक ढङ्गले रातारात पार्टी दर्ता भएको बताएका छन्।

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘जसपा र एकीकृत समाजवादीले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाए। त्यो हल्ला निराधार र कपोकल्पित थियो। त्यही हल्लाको मौका छोपेर कसै-कसैले पार्टी फुटाएको घोषणा गरे।’

उनले थपे, ‘निर्वाचन आयोगमा गैरकानूनी तर्फबाट गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गर्योि। नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलोपटक हो।’

उनले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए।

उनले भने, ‘पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ। उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त! मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो। पहिला पनि बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो। के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले।’

उनले लाखौं पार्टी सदस्य र नेताहरू आफूहरुको समर्थनमा नै रहेको भन्दै ५/७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भए पनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गरे।

राजनीतिक दलहरु संस्थागत रूपले स्थिर हुन नसक्दा राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आशंका र खतरा पैदा भएको पनि उनको भनाइ छ।

२६ बैशाख, २०८१, १३:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।