रास्वपा संसदीय दलको बैठक आज बस्दै, तीन अजेन्डामा छलफल हुँदै

रास्वपा संसदीय दलको बैठक आज बस्दै, तीन अजेन्डामा छलफल हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।

सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन्।

उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ।

आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम-२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।

२५ बैशाख, २०८१, ०८:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।