राष्ट्रिय दलित आयोगका सदस्य कामीले दिए राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य कामीले दिए राजीनामा

काठमाडौं : राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्। कामीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार पदबाट लिखित राजीनामा बुझाएका हुन्।

नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) मा बमोजिम उनले आयोगका सदस्यबाट राजीनामा दिएका हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कामीले जेठ १ गतेदेखि नै लागू हुने गरी राजीनामा दिएको जानकारी दिए। संवैधानिक निकायको सदस्यको रूपमा कार्यरत कामीले संविधान प्रदत्त अधिकार प्रयोग गरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ। 

जेठ १, २०८३ शुक्रबार १८:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।