संसदको बजेट अधिवेशन बैशाख १८ मा आव्हान

संसदको बजेट अधिवेशन बैशाख १८ मा आव्हान

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

सरकारले  संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो । 

२० बैशाख, २०८१, २०:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।