जनकपुर-जयनगर रेल ७२ घण्टा बन्द

जनकपुर-जयनगर रेल ७२ घण्टा बन्द

जनकपुर : जनकपुर-जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने भएको छ।

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण शनिबारदेखि सोमबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदैछ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए।

जेठ ४, २०८१ शुक्रबार ०९:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।