सिन्धुपाल्चोकमा जन्तीको बस दुर्घटना : तीन जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा जन्तीको बस दुर्घटना : तीन जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

काठमाडौं : दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतीबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा बेहुलासहित ३२ जना घाइते भएका छन्। पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पताल लगिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

७ बैशाख, २०८१, ०९:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।