आइपिएलमा लखनउलाई हराउँदै कोलकाताले आठ अंक बटुल्यो

आइपिएलमा लखनउलाई हराउँदै कोलकाताले आठ अंक बटुल्यो

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको आइतबारको खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित निकालेको छ।

छैटौँ खेल खेलेको लखनउको यो तेस्रो हार हो। तीन खेल जितेर लखनउले ६ अंक जोडेको छ। कोलकाता आठ अंकमा छ।

आइतबार कोलकातास्थित ईडेन गार्डेन्स रङ्गशालामा टस हारेर लखनउले  ब्याटिङको निम्तो पाएको थियो। लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनायो। जवाफी ब्याटिङमा कोलकाताले १५.४ ओभरमा दुई  विकेट गुमाएर एक सय ६२ रन बनाएर जित सुनिश्चित गर्यो।

कोलकाताका ओपनर ब्याट्सम्यान फिल साल्टले अविजित ८९ रनको योगदान गरेका थिए। उनले केवल ४७ बलको सामना गरी तीन छक्का र १४ चौका हानेका थिए।

कप्तान श्रेयस ऐयरले अविजित ३८ रन बनाए। उनले ३८ बलमा ६ वटा चौका हानेका थिए। लखनउका बलर मोहसिन खानले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४५ रन बनाएका थिए। उनले ३२ बलमा चार छक्का र दुई चौका हानेका थिए। ओपनर ब्याट्सम्यान केएल राहुलले ३९ रन बनाए।

लखनउका लागि आयुष बदोनीले २९ रन बनाए। क्विन्टन डी काक र मार्कुस स्टोइनिसले १०-१० रन बनाए। कोलकाताका बलर मिचेल स्टार्क एक्लैले तीन विकेट लिएका थिए।

२ बैशाख, २०८१, २०:२६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।