'फुटबलबाट सन्यास लिइहाल्ने कुनै योजना छैन, राम्रो प्रदर्शन गर्न नसके राष्ट्रिय टिम छाड्नेछु'

'फुटबलबाट सन्यास लिइहाल्ने कुनै योजना छैन, राम्रो प्रदर्शन गर्न नसके राष्ट्रिय टिम छाड्नेछु'

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अहिले नै फुटबलबाट सन्यास लिने योजना नरहेको बताएका छन्।

उमेरका कारण खेलबाट सन्यास लिने बेला भइरहेको भन्ने चर्चाकाबीच ३६ वर्षीय मेसीले आफ्नो सन्यासमा उमेरले कुनै भूमिका नखेल्ने बताए।

'मैले कहिले राम्रो खेलिँन, फुटबलमा रमाउन सकिँन र टिमका सहकर्मीलाई सहयोग गर्न सकिँन भन्ने मलाई थाहा हुन्छ। म धेरै आत्मालोचना गर्छु। मलाई कहिले राम्रो भएको छ र कहिले नराम्रो भइरहेको छ भन्ने थाहा हुन्छ,'” एक पोडकास्ट कार्यक्रममा मेसीले भने, 'यदि, मैले नराम्रो खेलेँ भने र मलाई सन्यासको घोषणा गर्नुपर्छ भन्ने लाग्छ, म मेरो उमेर नसोची यो कदम चाल्नेछु।'

मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसी आठ पटकका बालोन डीअर विजेता हुन्।

उनले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाएका थिए।

मेसीले भने, 'टिमले कतार विश्वकपमा जस्तो प्रदर्शन गर्न नसके म राष्ट्रिय टिम छोड्नेछु।'

स्पेनिस क्लब बार्सिलोनामा अधिकांश व्यावसायिक करियर बिताएका मेसीले सन् २०२१ मा क्याटालन क्लब छोडेका थिए। बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका मेसीले त्यहाँ दुई सिजन बिताएपछि एमएलएसमा छन्।

१५ चैत, २०८०, १६:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।