आईपीएलमा आज पञ्जाबसँग कोलकाता भिड्दै, इडन गार्डेनमा राम्रो छैन पञ्जाबको रेकर्ड

आईपीएलमा आज पञ्जाबसँग कोलकाता भिड्दै, इडन गार्डेनमा राम्रो छैन पञ्जाबको रेकर्ड

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाइट राइडर्स र पञ्जाब सुपर किंग्सबीच खेल हुँदैछ।

खेल कोलकातास्थित इडन गार्डेन क्रिकेट रंगशालामा बेलुका पौने ८ बजे सुरु हुनेछ।

प्रतियोगिताको अंक तालिकामा पञ्जाब नवौं स्थानमा छ। जारी सिजनमा आठमध्ये ६ खेलमा उसले हार व्यहोरेको छ।

कोलकाता सात मध्ये पाँच खेलमा जितसहित दोस्रो स्थानमा छ। उसको प्लेअफमा पुग्ने सम्भावना बलियो छ।

यी दुई टोलीबीच हालसम्म ३२ खेल भइसकेका छन् जसमध्ये कोलकाताले २१ र पञ्जाबले ११ खेल जितेका छन्।

इडेन गार्डेनमा खेलिएका खेलको कुरा गर्ने हो भने कोलकाताले १२ मध्ये ९ खेल जितेको छ।

१४ बैशाख, २०८१, १४:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।