वेस्ट इन्डिज ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाली टोली

वेस्ट इन्डिज ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाली टोली

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्दैछ।

नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ। अनिल कुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन्।

नेपालको टोली :
कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

१५ बैशाख, २०८१, १२:२३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।