आयरल्यान्ड उल्भ्ससँग पहिलो टी२० खेल्दै ‘नेपाल ए’

आयरल्यान्ड उल्भ्ससँग पहिलो टी२० खेल्दै ‘नेपाल ए’

काठमाडौं : नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ए टोली आयरल्याड उल्भ्सले आजदेखि नेपालको ए टोलीसँग सिरिज खेल्दैछ।

तीन टी२० र तीन एकदिवसीय खेलको सिरिज आजदेखि सुरु हुँदैछ।

आज टी२० सिरिजको पहिलो खेल हुँदैछ। खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यसअघि नेपालको राष्ट्रिय टोलीसँग भएको दुई खेलको टी२० खेलमा आयरल्यान्ड उल्भ्स २–० ले पराजित भएको थियो।

नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्दैछन् भने मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन्।

टी२० सिरिजका दोस्रो खेल भोलि र तेस्रो खेल ३१ मार्चमा हुँदा एकदिवसीय सिरिजका खेलहरू भने क्रमशः ३, ५ र ७ अप्रिलमा हुनेछ।

१५ चैत, २०८०, ०७:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।