विश्वकप छनोट : पहिलो लेगमा ५-० ले पराजित भएको नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दै

विश्वकप छनोट : पहिलो लेगमा ५-० ले पराजित भएको नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दै

काठमाडौं : फिफा विश्वकप-२०२६ छनोट अन्तर्गत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दैछ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ।

नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५-० को फराकिलो अन्तरले पराजित भएको थियो।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो।

तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

१३ चैत, २०८०, १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।