विश्वकप छनोट खेलमा आज नेपाल र बहराइन भिड्दै

विश्वकप छनोट खेलमा आज नेपाल र बहराइन भिड्दै

काठमाडौं : फिफा विश्वकप २०२८ को दोस्रो चरणको छनोटका लागि आज नेपाल र बहराइन भिड्दैछन्।

खेल नेपाली समयअुनसार राति पौने १ बजे बहराइनको बहराइन नेशनल स्टेडियममा हुनेछ।

‘होम’ र ‘अवे’को आधारमा खेल हुने भनिए पनि फिफका प्रतिनिधिले दशरथ रंगशालामा खेल्नका लागि उपयुक्त नभएको रिपोर्ट दिएपछि दुवै खेल बहराइनमा हुन लागेको हो।

समूह ‘एच’मा रहेको नेपाल अहिलेसम्म खेलेका दुवै खेलमा पराजित हुँदै तालिकाको अन्तिममा छ।

युएई ६ अंकशहसति शीर्ष स्थानमा हुँदा बहराइ तीन अंकसहित दोस्रो र समान अंक भएको यमन तेस्रो स्थानमा छ।

यस्तो छ विश्वकप छनोट खेल्ने नेपाली टोली-

गोलकिपरः किरण कुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डरः अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट, गिलेस्पे जंग कार्की

८ चैत, २०८०, ०७:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।