महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं : अग्नि ग्रुपले महिन्द्रा ट्रयाक्टर उत्सव योजना अन्तर्गतको बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेताको घोषणा गरेको छ।

अग्नि ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि 'महिन्द्रा उत्सव २०२३' विशेष योजना ल्याएको थियो। जस अन्तर्गत तीन जना विजेताहरूलाई विभिन्न पुरस्कारको घोषणा गरेको थियो।

सोही अनुरूप कम्पनीले आज महिला राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा एन्ड महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दीपक कुमार र अग्नि ग्रुपका उपनिर्देशक बरदान बस्नेतको उपस्थितिमा एक कार्यक्रम गर्दै घोषित पुरस्कार हस्तान्तरण गरेको हो।

‘लक्की ड्र’ बाट विजेताको नाम घोषणा गरिएकोमा वीरगन्जका आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे प्राप्त गरेका थिए।

त्यस्तै, बिर्तामोडका मिसेक फयाकले जावा फोर्र्टी टु मोटरसाइकल प्राप्त गरेका थिए भने चरिकोटको देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जित्नु कम्पनीले जनाएको छ।

६ चैत, २०८०, १९:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।