सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घट्दा चाँदीको मूल्य १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य आज १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ। यस्तै चाँदी आज तोलाको १ हजार ६८५ रुपैयाँमा कारोबार हुनेछ।

२७ बैशाख, २०८१, ११:४३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।