प्रिमियर लिग : वेस्ट ह्याम र एस्टन भिल्लाले बराबरी खेले

प्रिमियर लिग : वेस्ट ह्याम र एस्टन भिल्लाले बराबरी खेले

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम र एस्टन भिल्ला बराबरीमा रोकिएका छन्।

गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेले। खेलको २९औं मिनेटमा मिचेल एन्टोनियोको गोलमा वेस्टह्यामले सुरुवाती अग्रता लिएको थियो।

त्यसपछि खेलको ७९औं मिनेटमा निकोलो जानियोलेले गोल गर्दै भिल्लालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि पनि गोल गर्ने प्रयास भए पनि हुन भने सकेन।

बराबरीसँगै भिल्ला २९ खेलबाट ५६ अंक बटुल्दै तालिकाको चौथो स्थानम हुँदा समान खेलबाट ४४ अंक जोडेको वेस्टह्याम सातौं स्थानमा छ।

५ चैत, २०८०, ०७:३२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।