एफए कप : युनाइडेटले लिभरपुललाई हराउँदा लेस्टर सिटी चेल्सीसँग स्तब्ध

एफए कप : युनाइडेटले लिभरपुललाई हराउँदा लेस्टर सिटी चेल्सीसँग स्तब्ध

काठमाडौं : इंग्लिस एफए कपमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले जित निकालेका छन्।

आइतबार राति भएका खेलहरूमा युनाइटेडले लिभरपुललाई ४–३ र चेल्सीले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेका हुन्।

लिभरपुलविरुद्धको खेलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलको १०औं मिनेटमा स्कट म्याकटोमिनलेले पहिलो खोल गरे।

त्यसपछि लिभरपुलका एलेक्सिस म्याक अलिस्टरले ४४औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलकै मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ ले अगाडि लगे। ८७औं मिनेटमा युनाइटेडका लागि एन्टोनीले गोल गर्दै २–२ को स्थितमा पुर्याए।

निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त ३० मिनेट थपियो।, त्यस क्रममा लिभरपुलका हार्भे इलिटले १०५औं मिनेटमा गोल गर्दै ३–२ को स्थितिमा लगे।

तर खेलको ११२औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई ३–३ गोलको बराबरीमा ल्याए।

त्यसपछि झन् रोमाञ्चक बनेको खेलको अतिरिक्त समयको इन्जुरी समयमा अमाद डियाल्लोले गोल थप्दै टोलीलाई ४–३ गोल अन्तरले जिताए।

गोलको सेलिब्रेसन गर्ने क्रममा टिसर्ट फुकालेपछि दोस्रो पहेँलोकार्ड खाएर उनी बाहिरिएका थिए।

यस्तै, चेल्सीका लागि खेलको १३औं मिनेटमा मार्क कुकुरेलाले पहिलो गोल गर्दा पहिलो हाफको इन्जुरी समयमा कोल पालमरले दोस्रो गोल गरे।

५१औं मिनेटमा चेल्सीका एक्सेल डियासीले आत्मघाती गोल र ६२औं मिनेटमा स्टेफी माफीदीदीको गोलले लेस्टर २–२ गोलको बराबरीमा आयो।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा चेल्सीका कार्नी चुकुवेइमेन्का र नोनी माडुइकेले एक–एक गोल गरेपछि चेल्सीले खेल जित्यो। 

सिटीका कालुम डोलीले खेलको ७३औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिए। 

विपक्षी टोलीका खेलाडीलाई लडाएपछि उनलाई रेडकार्ड दिइएको हो। पहिला एल्लो कार्ड दिइएकोमा भीएआरले हेरेपछि उनलाई रेडकार्ड देखाइएको हो।

५ चैत, २०८०, ०७:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।