नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो। खेल नेपाली समयअनुसार विहान पौने आठ बजे सुरू हुनेछ।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदा-हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो।

एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ।

२ चैत, २०८०, ०७:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।