देउवा निवासमा पदाधिकारी बैठक जारी

देउवा निवासमा पदाधिकारी बैठक जारी

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। 

राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पूर्वपदाधिकारी सहितको बैठक बसेको हो। 

माओवादीसँग गठबन्धन हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो।

सत्ताबाट बाहिरिएसँग उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पार्टीमा अन्योल छ।

२६ फागुन, २०८०, १०:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।