प्रीतिको घुँडाको शल्यक्रिया सफल, खेलमा फर्किन ३ महिना लाग्ने

प्रीतिको घुँडाको शल्यक्रिया सफल, खेलमा फर्किन ३ महिना लाग्ने

काठमाडौं : वाफ महिला च्याम्पियनसिपको फाइनलमा चोट लागेपछि नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया भएको छ।

सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको हो।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जानकारी दिएको छ।

एन्फाले भने प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताएको छ।

प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन्। उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो।

२१ फागुन, २०८०, १९:४७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।