देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशको केही स्थानहरूमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभरको मैसम सामान्य बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने छ। बाँकी भूभागको थोरै स्थानहरूमा भने छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

आज देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

आज राती देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज आइतबार देशका धेरै स्थानमा छिटफुटदेखि हल्का वर्षा भैरहेको छ।

सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

२० फागुन, २०८०, ०७:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।