हस्पिटेकका मालिक विशाल पण्डितले खण्डन पठाउँदै भने’ मेरो चरित्र हत्या भो, ख्यातीमा असर पर्यो’

हस्पिटेकका मालिक विशाल पण्डितले खण्डन पठाउँदै भने’ मेरो चरित्र हत्या भो, ख्यातीमा असर पर्यो’

काठमाडौँ : मेडिकल सामाग्रीको व्यवसायीको रूपमा परिचित विशाल पण्डीतले उकेराले उनीबारे प्रकाशित समाचारहरू झुटो भएको दाबी गरेका छन्। उनले नेपाल प्रेस काउन्सिलहुँदै उकेरालाई पठाएको खण्डन पत्रमा आफू र आफ्नो कम्पनीविरुद्ध शृङ्खलाबद्ध रूपमा तथ्यहीन, झुटो र भ्रामक समाचारहरू प्रकाशित गरेको दाबी गरिएको छ।

पछिल्लो समय उकेराले स्वास्थ्य सेवा विभागमार्फत भइरहेको खरिदबारे निरन्तर प्राप्त प्रमाणको आधारमा समाचार प्रकाशित गर्दै आइरहेको छ। प्राविधिक स्पेशिफिकेशन लक गरेर निश्चित कम्पनीको मात्र स्वास्थ्य उपकरण मिल्नेगरी महंगोमा किन्न अगाडि बढेका खरिद प्रक्रियामा संलग्न सरकारी र मेडिकल सामाग्री आपूर्तीकर्ताहरुबारे समाचारमा उल्लेख गरिएको छ।

होटेल बसेराका सञ्चालक समेत रहेका पण्डितले पठाएको खण्डन पत्रमा आमा स्वास्थ्यको आवरणमा छोराहरूको भ्रष्टाचार, काठमाडौँ महानगरले मिलेमतोमा किन्दै ४ करोड ८० लाखको स्वास्थ्य सामाग्री, स्वास्थ्य सेवा विभागको साढे २ अर्बको अधिकांश टेन्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन, लक्ड स्पेशिफिकेशन बनाएर अल्ट्रासाउन्ड किन्दै स्वास्थ्य विभाग, आमा स्वास्थ्यको आवरणमा १० करोड भ्रष्टाचारको खेल, युएसजी खरिदमा सतर्कताको छानबिन पनि शङ्कामा २५ करोडमा किनिएको क्यान्सर उपचार मेसिनमा आपूर्तिकर्ता र अस्पतालको गडबडी शीर्षकको समाचारप्रति आपत्ति जनाएका हुन्।

उनले आफू बसेरा बुटिक होटेल,हस्पिटेक इन्टरप्राइजेज प्रालीमा शतप्रतिशत र एकोर्ड फार्मास्युटिकल्स लिमिटेडमा ठुलो हिस्साको शेयर रहेको उल्लेख गरेका छन्।

उनले पठाएको खण्डन पत्रमा स्वास्थ्य क्षेत्रमा उपकरणहरू आपूर्ति गर्ने प्रक्रियामा आफ्नो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आफ्नो कम्पनी ख्यातिप्राप्त कम्पनी भएको दाबी गरेका छन्।

उनले ख्यातिमा असर परेमा व्यवसायीले काम नपाउने अवस्था हुन्छ भन्ने तर्क गर्दै उकेरामा प्रकाशित समाचारहरूले आफू र आफ्नो कम्पनीविरुद्ध शृङ्खलाबद्ध रूपमा केही महिनादेखि आधारहीन र भ्रामक समाचार लेखेर आफू र आफ्नो कम्पनीको ख्यातिमा नकारात्मक असर पुर्याएको दाबी गरेका छन्।

उनले अख्तियारीमार्फत उकेरामा पठाएको खण्डन

१० फागुन, २०८०, १८:५६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।