सामान्य अंकले बढ्यो नेप्से, ५ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट

सामान्य अंकले बढ्यो नेप्से, ५ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं : सेयर बजार परिसूचक नेप्से ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा कायम भएको छ।

बुधबार विकास बैंक, फाइनान्स र अन्य उप-समूहले बजार थामेका छन्।

फाइनान्स उप-समूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उप-समूह १.०७ प्रतिशतले बढेको छ। होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घटेका छन्।

१११ कम्पनीको सेयर समूह घटेको छ भने बढेका १३२ का लगानीकर्ता फाइदामा रहे।

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सर्किट लागेर बढेको हो।

१ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर कारोबार भएको छ।

बुधबारको कारोबार रकम ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रूपैयाँ छ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो। हिमालयनको १७ करोड १७ लाखको सेयर किनबेच भएको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६ सय ६८ रूपैयाँ १० पैसा रहको छ।

यस्तै, दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ११ करोड ६४ लाख, जोशी हाइड्रोपावरको १० करोड ९ लाख र नेपाल फाइनान्सको १० करोड ७ लाखको सेयर किनबेच भएको छ।

२ फागुन, २०८०, १६:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।