कृषि विकास बैंकका ग्राहक र कर्मचारीलाई केएमसी अस्पतालमा २५ प्रतिशतसम्म छुट

कृषि विकास बैंकका ग्राहक र कर्मचारीलाई केएमसी अस्पतालमा २५ प्रतिशतसम्म छुट

काठमाडौं : कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट, भक्तपुरबीच स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।

२०८३ वैशाख ७ गते भएको सम्झौताअनुसार बैंकका सेवाग्राही र कर्मचारीले केएमसीमा उपचार गर्दा सहुलियत पाउनेछन्।

लाभार्थी : बैंकका खातावाला, कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, कार्यरत तथा पूर्व कर्मचारी र उनीहरूका परिवार।
छुट सुविधा : अस्पतालका विभिन्न स्वास्थ्य सेवामा प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट।
प्रक्रिया : छुट पाउन बैंकको चेकबुक, डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा परिचयपत्र पेस गर्नुपर्नेछ।

यसका साथै, केएमसी दुवाकोटले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी २०८३ असार मसान्तसम्म सम्पूर्ण सर्वसाधारणका लागि सीटी स्क्यान र एमआरआई बाहेकका अन्य सेवामा ५० प्रतिशत छुट दिने विशेष योजना समेत सार्वजनिक गरेको छ।

यस सहकार्यबाट बैंकसँग आबद्ध ठुलो समूहलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत पुग्ने विश्वास गरिएको छ।

वैशाख ३०, २०८३ बुधबार १०:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।