प्रिमियर लिग : कोनोर र इन्जोको गोलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो

प्रिमियर लिग : कोनोर र इन्जोको गोलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हराउँदै चेल्सी अंकतालिकाको दशौं स्थानमा उक्लिएको छ।

मंगलबार विहान भएको खेलमा चेल्सीका कोनोर गल्लाघेरले दुई तथा इन्जो फर्नान्डेजले एक गोल गर्दा क्रिस्टल प्यालेसका जेफरसन लेर्माले एक गोल गरे।

क्रिस्टल प्यालेसले खेलको ३०औं मिनेटमा पहिलो गोल गरेर खेलमा अग्रता लिए पनि जोगाउन सकेन। ४७औं मिनेट कोनोरले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा उनै कोनोरले दोस्रो गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए।

त्यसको तीन मिनेटपछि नै चेल्सीका लागि इन्जोले अर्को गोल थपेर जित सुनिश्चित गरे।

जितसँगै चेल्सी २४ खेलबाट ३४ अंकसहित तालिकाको दशौं स्थामा उक्लिँदा क्रिस्टल प्यालेस २४ खेलबाट २४ अंकसहित पन्ध्रौं स्थानमा छ।

१ फागुन, २०८०, ०७:२६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।