हराएको एक सातापछि सुनकोशीको भंगालोमा मृत भेटिए ६२ वर्षीय विश्वनाथ

हराएको एक सातापछि सुनकोशीको भंगालोमा मृत भेटिए ६२ वर्षीय विश्वनाथ

काभ्रे : जिल्लाको भुल्भु गाउँपालिका-६ आँपघाटमा एक पुरुषको शव भेटिएको छ।

शव पाँचखाल नगरपालिका-२ अनेकोट घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-८ मलरा बस्ने ६२ को विश्वनाथ घिमिरेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घिमिरे पुस १८ गतेदेखि हराइरहेका थिए। उनका आफन्तले प्रहरी चौकी फलाटेमा खोजतलासका लागि निवेदन समेत दिएका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा बुधबार अपरान्ह ४ बजे आँपघाटस्थित सुनकोशी नदीको भंगालोमा उनलाई मृत अवस्थामा फेला पारेको थियो।

मृत अवस्थामा भेटिएका घिमिरेको शरीरमा कुनै चोटपटक नदेखिएको र घटनास्थललाई सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

२६ पुस, २०८०, ०९:३९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।