११ दिनपछि त्रिशुलीमा मृत भेटिए पौडी खेल्न गएका युवक

११ दिनपछि त्रिशुलीमा मृत भेटिए पौडी खेल्न गएका युवक

चितवन : पौडी खेल्ने क्रममा बेपत्ता भएका १९ वर्षीय युवक ११ दिनपछि मृत अवस्थामा फेला परेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित त्रिशुली नदी किनारमा दुई वटा ढुङ्गाको बीचमा छड्के अवस्थामा ती युवकको शव भेटिएको थियो।

गत पुस १४ गते दिउँसो साढे १ बजे धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन चेपाङ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

रन्जनलाई उनका काकाले पहिचान गरेपछि शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

२५ पुस, २०८०, ०९:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।