रामबहादुर बम्जन पक्राउ, सिआइबीको हिरासतमा

रामबहादुर बम्जन पक्राउ, सिआइबीको हिरासतमा

काठमाडौँ : अनुयायीको हत्या र बलात्कार गरेको आरोपमा फरार रहेका रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।

लिटिल बुद्धको रूपमा परिचित उनीमाथि आफ्ना अनुयायीको बलात्कार गरेको, हत्या गरेको र बेपत्ता पारेको आरोप थियो। प्रहरीले उनलाई पटक-पटक पक्राउको प्रयास गरे पनि फेला परेका थिएनन्।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई काठमाडौँमा पक्राउ गरेको बताएको छ।

२४ पुस, २०८०, २०:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।