नौ वर्षीया बालिका बलात्कारमा ८६ वर्षीय ज्येष्ठ नागरिकलाई जन्मकैद

नौ वर्षीया बालिका बलात्कारमा ८६ वर्षीय ज्येष्ठ नागरिकलाई जन्मकैद

सुर्खेत :  नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दैलेखको नारायण नगरपालिका–८ का ८६ वर्षीय प्रजापति रेग्मीलाई जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ।

मंगलबार  न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई २५ वर्ष कैद, सात लाख रूपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए।

बालिकालाई २०७९ चैत २३ मा बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी परेको थियो। प्रजापतिलाई बलात्कार गरेकै जाहेरी परेपछि पक्राउ गरिएको थियो। प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले २०८० वैशाख १४ मा दैलेख जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी अभियोग दर्ता गराएको थियो। बालिकाको स्वास्थ्य परीक्षणमा पनि बलात्कार गरेको पुष्टि भएको थियो।

१७ पुस, २०८०, २२:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।