२४ दिनदेखि हराइरहेकी वृद्धा मृत भेटिइन्, सडिसकेको थियो शव

२४ दिनदेखि हराइरहेकी वृद्धा मृत भेटिइन्, सडिसकेको थियो शव
सांकेतिक तस्बिर

काठमाडौं : धादिङको सिद्धलेख गाउँपालिका २४ दिनदेखि हराइरहेकी वृद्धा मृत फेला परेकी छन्।

गत मंसिर २१ गतेदेखि हराइरहेकी सोही गाउँपालिका-२ की ७५ वर्षीया देउकी लम्साल पण्डित मृत फेला परेकी हुन्।

उनको शव गाउँपालिकाको वडा नम्बर ४ स्थित धारापानी खोल्सीमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार शव शव सडेर गलिसकेको अवस्थामा थियो। राति साढे ९ बजे शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरू गरेको छ।

१५ पुस, २०८०, ११:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।