सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं : जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुनेछ।

अन्तिम सुनुवाइ सुरू भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरू गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो। यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।

११ पुस, २०८०, ११:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।