२१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

२१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं : नेपाल प्रहरीका २१ प्रहरी सम्पर्कविहीन भएका छन्।

एक प्रहरी वरिष्ठ हवल्दार, पाँच सहायक हवल्दार, १३ जवा र दुई कार्यालय सहयोगी हाजिरी नभएपछि प्रहरी प्रधान कार्यालयले उनलाई सम्पर्कमा आउन सूचना निकालेको हो।

उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको छ।

सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार उनीहरूलाई सेवाबाट हटाउने चेतावनी दिइएको छ।

पछिल्लो समय प्रहरीका तल्ला तहमा कर्मचारीहरूले धमाधम जागिर  छाडेर विदेशिने क्रम बढेको छ। लामाे समय खटिँदा पनि उचित पारिश्रमिक नहुने भन्दै उनीहरूले बीचमै जागिर छाड्ने गरेका हुन्।

एक महिनाअघि मंसिर १० गते पनि प्रहरी प्रधान कार्यालयले २६ प्रहरी सम्पर्कविहीन भएको भन्दै सूचना निकालेको थियो।

११ पुस, २०८०, ०८:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।