सन्दीपविरुद्धको मुद्दाको बहस सकिएन, हेर्दाहेर्दैमा राखे न्यायाधीशले

सन्दीपविरुद्धको मुद्दाको बहस सकिएन, हेर्दाहेर्दैमा राखे न्यायाधीशले

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको छ। आइतबार सुरु भएको बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले सुनुवाइ हेर्दाहेर्दैमा राखेका हुन्।

आइतबार सन्दीपको विपक्षमा सरकारी वकिल कार्यालयको तर्फबाट सुवीर परियार र सीताराम अर्यालले बहस गरेका थिए। सन्दीपको पक्षबाट बहस बाँकी नै भएको र आइतबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखियो। हेर्दाहेर्दैमा भएको मुद्दाको अर्को बहस अब बुधबार हुनेछ।

लामो समयदेखि सन्दीप विरुद्धको सुनुवाइको पेसी लम्ब्याउने र पीडितको जन्म मितीबारे विवाद निकालेर मुद्दा तन्काउने काम भइरहेको छ।

८ पुस, २०८०, १६:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।