विधालय शिक्षा विधेयकमाथि आज छलफल हुँदै

विधालय शिक्षा विधेयकमाथि आज छलफल हुँदै

काठमाडौं : विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्नको लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

यस्तै, प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिमा आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तुतकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ। यसको लागि बैठक बिहान ११ बजे नै बस्दैछ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहान साढे ११ बजे बस्ने भनिएको बैठक भने स्थगित भएको छ।​

स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल गर्ने तय भएको थियो।

८ पुस, २०८०, ०९:५९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।