अवैध रूपमा नेपाल छिर्न खोज्ने इरानी नागरिकलाई भारतमा दुई वर्ष जेल सजाय

अवैध रूपमा नेपाल छिर्न खोज्ने इरानी नागरिकलाई भारतमा दुई वर्ष जेल सजाय

काठमाडौं : अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने इरानी नागरिकलाई भारतमा दुई वर्षको जेल सजाय तोकिएको छ।

३८ वर्षीय हुसेन हमिदियालाई उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको अदालतले दुई वर्षको कैद सजाय तोकेको हो।

अतिरिक्त सत्र न्यायाधीश पवनकुमार श्रीवास्तवको अदालतले उनलाई १० हजार भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ।

भारतको उत्तर प्रदेशका सहायक जिल्ला शासकीय अधिवक्ता सन्तोष कुमार मिश्रले अदालतको यो निर्णयबारे जानकारी दिएका हुन्।

हुसेन करिब एक वर्षअघि नेपाल–भारत सीमाबाट पक्राउ परेका थिए। उनीमाथि नक्कली कागजात बनाएर भारतबाट नेपाल आउन लागेको आरोप लगाइएको थियो।

यदि जरिवाना रकम नतिरेमा इरानी नागरिकले थप एक महिनाको जेल सजाय भोग्नुपर्ने मिश्रले बताए।

६ पुस, २०८०, १३:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।