३६ किलो गाँजासहित भारतीय गाडी प्रहरीको नियन्त्रणमा

३६ किलो गाँजासहित भारतीय गाडी प्रहरीको नियन्त्रणमा

बारा : जिल्ला प्रहरी कार्यालयले ३६ किलो गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान साढे सात बजे प्रहरी चौकी, पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया स्थित सर्भिस लाइनमा पार्किङ गरि राखेको डीएल४सीएनबी ३६८१ नम्बरको भारतीय गाडीमा ३६ किलो गाँजा फेला पारेको हो।

शंकास्पद लागेपछि परीक्षण गर्दा गाडीको पछाडिको भागमा बक्स बनाई उक्त बक्सभित्र लुकाएको ३६ किलो अवैध लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार गाडीलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।

६ पुस, २०८०, १२:२०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।