छ दिनदेखि बेपत्ता लामाको शव सुनकोशी जलविद्युतको ड्याममा भेटियो

छ दिनदेखि बेपत्ता लामाको शव सुनकोशी जलविद्युतको ड्याममा भेटियो

काठमाडौं : सिन्धुपाल्चोकमा छ दिनदेखि बेपत्ता एक युवकको शव सुनकोशी जलविद्युत् केन्द्रको ड्याममा भेटिएको छ।

बलेफी गाउँपालिका-८ कागुनेका ३० वर्षीय विशाल लामा मंसिर २८ गतेदेखि हराइरहेका थिए।

लामाको शव बुधबार बिहान साढे सात बजे उनकै घरबाट ५ सय मिटरको दुरीमा रहेको सुनकोशी जलविद्युत् केन्द्रको ड्याममा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार शवको मुचुल्का उठाएर पोस्टमार्टम गरेपछि मृकको काकालाई जिम्मा लगाइएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

५ पुस, २०८०, १०:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।