कुवेतका नयाँ शासकले लिए सपथ, विगतका निर्णयको समीक्षा गर्नुपर्ने माग

कुवेतका नयाँ शासकले लिए सपथ, विगतका निर्णयको समीक्षा गर्नुपर्ने माग

एजेन्सी : कुवेतका नयाँ शासक अमिर मेसल अल अहमद अल सबाहले बुधबार शपथ लिएका छन्। बुधबार राष्ट्रिय सभामा संवैधानिक शपथ ग्रहण गरेपछि उनले आफ्नो पहिलो टिप्पणीमा देश र जनताको हितमा हानी पुर्याएको भन्दै सांसद र कार्यकारी अधिकारीको कडा आलोचना गरे।

शेख मेसलले न्याय र निष्पक्षताको सरल नियमहरूसँग मेल नखाने पदहरूमा समेत विभिन्न व्यक्तिहरूलाई नियुक्ति गर्ने अधिकारीको निर्णयको आलोचना गरे।

उनले कैयौँ दोषी र विपक्षी व्यक्तित्वहरूलाई माफी दिएको र कुवेती पहिचानलाई हानी पुर्याएकोमा पनि आपत्ति जनाए। अमिरले भने, ‘हाम्रो वर्तमान वास्तविकताको समीक्षा गर्न आवश्यक छ, विशेषगरी सुरक्षा अर्थव्यवस्था र जीवनको अवस्थाको सन्दर्भमा।’

उनले नागरिकको हितमा लापरबाही, बेवास्ता र छेडछाडका लागि संविधान र कानुनको ढाँचाभित्र अनुगमन र वस्तुनिष्ठ जवाफदेहिताको महत्वमा जोड दिए। 

‘कुवेतले आफ्नो खाडी, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कायम राख्नेछ।’ शेख मेसलले भने।

८३ वर्षीय शेख मेसल आफ्नो खराब स्वास्थ्यका कारण आफ्नो सौतेनी भाइ शेख नवाफको शासनकालमा कुवेतको दैनिक शासक थिए। उनको गतहप्ताको शनिबार निधन भएको थियो।

४ पुस, २०८०, १९:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।